सरकारी वकिलहरूको जवाफी बहसपछि अन्तिममा रविले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाई सकिएको भन्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन् ।
२ माघ काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी बहसअन्तर्गत सुनुवाइ सकिएको छ ।
सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाई सकिएको हो ।
सरकारी वकिलहरूको जवाफी बहसपछि अन्तिममा रविले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाई सकिएको भन्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन् ।
‘सुनुवाइ सकियो, अब तपाईंहरु सबै बाहिर जानुस् र मलाई काम गर्न दिनुुस्,’ न्यायाधीश अधिकारीले भने ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
त्यसै दिन न्यायाधीश अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो भने समय अभावका कारण बहस अघि बढ्न नसकेपछि न्यायाधीश अधिकारीले रविलाई न्यायीक हिरासतका लागि प्रहरीको जिम्मा लगाउने आदेश दिएका थिए । त्यसयता रवि पुनः प्रहरीको हिरासतमा छन् ।
सोमबार भने सरकारी वकिलहरूले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै बहस गरेका थिए । सोही दिन जाहेरवालाहरूको तर्फका वकिलहरूले बहस गरेका थिए भने आज रविका तर्फका विकलको बहस भएको थियो ।
काठमाडौं जिल्ला अदालतमा रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र सुरज बस्नेत र सुरेन्द्र काफ्लेको बहस गरेका हुन् । रविकै तर्फका अधिवक्ता राजेन्द्र सेढाइँले बहस नोट मात्र बुझाए । बहस लम्बिएको भन्दै बहस छोट्याउने प्रयास स्वरुप रवि पक्षका सेढाइँले बहस नोट मात्र बुझाएका हुन् ।