काठमाडौंको काडाँघारीबाट रक्तचन्दन बरामद

Hema Nath

२ माघ, काठमाडौं । काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा राखिएको रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

रक्तचन्दनको परिमाण पनि प्रहरीले खुलाइसकेको छैन । बोरा–बोरामा प्याक गरेर राखिएकाले त्यसको तौल लिएर मात्रै परिमाण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

Sharing Is Caring:

Leave a Comment