खो खो विश्वकप : महिलातर्फ नेपालको लगातार दोस्रो जित

Hema Nath

१ माघ, काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । समूह सी अन्तर्गत मंगलबार अपरान्ह भएको खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित गरेको हो ।

यसअघि मंगलबारै भएको पहिलो खेलमा नेपालले भुटानलाई ९३-२४ ले पराजित गरेको थियो ।

समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग तथा बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्‍वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

पुरुषतर्फ भने समूह ए मा रहेको नेपाल पहिलो खेलमा भारतसँग ४२-३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज पेरूसँग खेल्दै छ ।

Sharing Is Caring:

Leave a Comment