क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Hema Nath

आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

१ माघ, काठमाडौं । आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निमपासी शेर्पा रहेका छन् ।

क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो ।

Sharing Is Caring:

Leave a Comment