बर्दियामा गोठाला गएकी महिलाको बाघको आक्रमणमा परी मृत्यु

Hema Nath

२८ पुस, बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए ।

Sharing Is Caring:

Leave a Comment