आम आदमी पार्टीका विधायक गुरप्रीतको गोली लागेर मृत्यु

Hema Nath

एजेन्सी: भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्यान गएको छ। पञ्जाब प्रहरीका अनुसार यो घटना गएराति १२ बजेतिर भएको हो।

गोली लागेपछि गोगीलाई लुधियानाको डीएमसी अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको पञ्जाब प्रहरीलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ।

घटनाको प्रारम्भिक विवरण र परिवारका अनुसार गएराति गोगीले गल्तीवश आफूले आफैलाई गोली चलाएको पाइएको छ। उनको टाउकोमा गोली लागेको थियो। गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए।

Sharing Is Caring:

Leave a Comment