अनलाइन ठगीको आरोपमा एक व्यक्ति पक्राउ

Hema Nath

२६ पुस, काठमाडौं। अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको लुंग्री गाउँपालिका–२ घर भइ काठमाडौं नयाँबसपार्क बस्दै आएका २१ वर्षीय विकाश थापा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध अनलाइन ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । टेकुबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Sharing Is Caring:

Leave a Comment