२५ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत (यूके) पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भइ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले बेलायत पठाउने भन्दै एक व्यक्तिबाट पटक पटकर गरेर साढे ३१ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई ठगीको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।