मोटरसाइकलको ठक्करबाट टोखामा पैदलयात्रुको मृत्यु

Hema Nath

२५ पुस, काठमाडौं । मोटरसाइकलको ठक्करबाट टोखामा एक पैदलयात्रुको मृत्यु भएको छ ।

टोखा नगरपालिका–८ मिलनटोलस्थित सडकमा बा ६३ प १४४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट शिवपुरी गाउँपालिका–५ घर भई काठमाडौं तार्केश्वर बस्ने ४० वर्षीया सुन्तली लामाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Sharing Is Caring:

Leave a Comment