राजमार्गमा द्वन्द्वकालका बम खोज्दै प्रहरी

Hema Nath

२५ पुस, विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बम रहेको सूचना पाएपछि प्रहरीले खोजी सुरु गरेको छ । विहीबार बिहानदेखि प्रहरीले खोजी सुरु गरेको हो ।

नेपाली सेनाको प्राविधिक टोलीसहित खोजी सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दहरैँचा–७ को मालती पुल आसपास द्वन्द्वकालमै राखिएको बम रहेको सूचना आएको थियो ।  राजमार्ग बिस्तारको क्रममा उत्खनन गर्दा जमिन मुनि राखिएको बम पड्किन सक्ने जोखिम हुने भन्दै सूचना आएपछि प्रहरीले खोजी सुरु गरेको हो ।

‘द्वन्द्वकालमै  राखिएको बम रहेको सूचना आएपछि टोली खटिएको छ,’ डिएसपी जोशीले भने,’ नेपाली सेनाको प्राविधिक टोली र प्रहरीले शंकास्पद स्थानमा खोजीरहेको छ ।’

Sharing Is Caring:

Leave a Comment