जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

Hema Nath

२१ पुस, काठमाडौं । जुवातास खेलेको आरोपमा दाङ प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने गौरव वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय लिलाबहादुर वली समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

Sharing Is Caring:

Leave a Comment