एमालेको प्रतिवेदन : ३२ सिटलाई जादुको नम्बर भन्नु सत्ता लिप्साको कुरुप तस्वीर

Hema Nath

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रको सत्ता प्रवृत्तिबारे टिप्पणी गरेका छन् ।

२१ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रको सत्ता प्रवृत्तिबारे टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफूसँग जादु नम्बर रहेको बताउनुलाई सत्तालिप्साको कुरुप तस्वीर भएको ओलीको प्रतिवेदनमा उल्लेख छ ।

‘आफूसँग संसदभित्र जादुको नम्बर रहेको र त्यसलाई प्रयोग गर्दै पाँचै वर्ष सत्ता चलाइरहने भन्दै दिइएको सार्वजनिक अभिव्यक्ति र कहिलेकाँही पार्टी सानो हुनु पनि फाइदाको विषय हुने, त्यसैलाई पार्टी सानो भयो भनेर कार्यकर्ताले चिन्ता गर्न नपर्ने भन्दै गरिएको टिप्पणी संसदीय मूल्य मान्यताको उपहास, अस्थिरताको दुराशय एवं राजनीतिक अवसरवाद र सत्तालिप्साको कुरुप तस्वीर थियो’, प्रतिवेदनमा भनिएको छ ।

Sharing Is Caring:

Leave a Comment