हुम्लाको भदुखोलामा बेवारिसे शव फेला

Hema Nath

२० पुस, हुम्ला । सिमकोट गाउँपालिका-४ को हिल्दुम गाउँनजिकै भदुखोलामा वेबासिसे अवस्थामा शव भेटिएको छ ।

अन्दाजी ३८ वर्षका चिरञ्जीवी शाहीको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

कार्यालयबाट प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वमा प्रहरीको टोली त्यसतर्फ गएको डीएसपी रविन्द खनालले बताए ।

Sharing Is Caring:

Leave a Comment