क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Hema Nath

१९ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका-६ घर भइ काठमाडौं नागार्जुन बस्ने ४६ वर्षीय कृष्णबहादुर ढकाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले क्यानडा पठाउने भन्दै चार लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको एसपी काजिकुमार आचार्यले बताए ।

Sharing Is Caring:

Leave a Comment