१४ पुस, मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नं को जिपको ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा ज्यान गएको हो । जिपमा आठजना सवार थिए । अन्य यात्रु सकुशल रहेकाे प्रहरीले जनाएको छ । जिपचालक फरार रहेका छन् ।