राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ

Hema Nath

१४ पुस, काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शाखा अधिकृत धनेश्वर प्रसाई रहेका छन् । उनलाई अख्तियारको टोलीले सेवाग्राहीसँग ३ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उनका अनुसार पक्राउ परेका प्रसाईमाथि थप अनुसन्धान भइरहेको छ ।

उनीमाथि पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको आरोप  छ ।

Sharing Is Caring:

Leave a Comment