बैतडीमा कैलालीका थारुको मृत्यु, बाजुरामा दलबहादुरको मृत भेटिए

Hema Nath

धनगढी: बैतडीमा निस्सासिएर एकजनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान अचेत अवस्थामा फेला परेका थिए। 

उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा थारुलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतक थारुको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमै राखिएको छ।

यस्तै बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बुढीगंगा नगरपालिका–१० मालिका बजारका ६० वर्षीय दलबहादुर साउँद घर नजिकै रहेको खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing Is Caring:

Leave a Comment