उपनिर्वाचनमा कीर्तिपुरमा उम्मेदवार नउठाएकोमा रास्वपामा उठ्यो प्रश्न

Hema Nath

स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरमा पार्टीका तर्फबाट उम्मेदवारी नदिएको विषयलाई लिएर रास्वपाभित्र प्रश्न उठेको छ ।

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कीर्तिपुरको उपनिर्वाचनमा उम्मेदवारी नदिएको विषयलाई बैठकको एजेन्डा बनाउनुपर्ने माग उठेको छ ।

केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उक्त विषयलाई बैठकका एजेन्डा बनाउन माग गरेका हुन् ।

कीर्तिपुरमा उम्मेदवारका बारेमा जिम्मेवारी दिएका व्यक्तिसँग सोधपुछ गर्नुपर्ने उनको माग छ । स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुरमा रास्वपाले उम्मेदवार उठाएको थिएन ।

बैठकमा २०८४ सालसम्म प्रतिपक्षमा बस्ने विषयलाई पनि छलफलको एजेन्डा बनाउनु पर्ने उनको माग छ ।

आइतबार केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्य जैरुले बैठकमा उठाउनुपर्ने एजेन्डा समेटिएको पत्र कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई बुझाएका छन् ।

रास्वपाको विस्तारित केन्द्रीय समितिको बैठक १९ देखि २१ पुससम्म बस्दैछ । २०८४ सालसम्म रास्वपा प्रतिपक्षमा बस्ने र सरकारमा जाने/नजाने विषयमा छलफल हुनुपर्ने जैरुको माग छ । वडा अध्यक्षका लागि गैरदलीय उम्मेदवार बनाउनु पर्ने विषयमा छलफलको माग पत्रमा गरिएको छ ।

Sharing Is Caring:

Leave a Comment