जुवातास खेलिरहेको अवस्थामा टोखाबाट ९ जना पक्राउ

Hema Nath

१३ पुस, काठमाडौं। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा टोखाबाट ९ जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका-३ ढलमलस्थित धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका ४० वर्षीय होम नारायण श्रेष्ठको बिएण्डबी खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहितत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Is Caring:

Leave a Comment