१३ पुस, काठमाडौं। वैदेशिक रोजगारमा म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको केपीलासगढी गाउँपालिका-७ घर भई हाल काठमाडौंको चण्डोलमा बस्ने २८ वर्षीय चिना कोयी राई रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चण्डोलबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले १२ लाख ९१ हजार रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया लैजाने भन्दै ठगी गरेको उनीमाथि आरोप थियो।