अस्ट्रेलियामा ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना हुने

Dipa Bhatt

  २०८१ फागुन २० गते 

काठमाडौं । अष्ट्रेलियामा नेपाली फिल्म अवार्ड आयोजन हुन लागेको छ । डी व्वाईज इन्टरटेनमेन्टले जेठ १५ देखि १८ गते (मे २९ देखि जुन १) सम्म ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ गर्ने भएको हो ।

नेपाली फिल्म र पर्यटन प्रवद्र्वनको उद्देश्यसहित अवार्ड आयोजना गर्न लागिएको संस्थाका प्रमुख गणेश मल्लले बताए । पछिल्लो समय अस्ट्रेलिया नेपाली फिल्मको राम्रो बजार बनिरहेको छ । चलेका फिल्मले त्यहाँ करोडौं कमाउन थालेका छन् ।

मनोनयन हुने कलाकार, चिनिएका प्राविधिक, फिल्म पत्रकार, आयोजकसहित ३ दर्जन फिल्मकर्मी अवार्डमा सहभागि हुन नेपालबाट त्यता जानेछन् । घोषणा, मनोनयन, अवार्ड वितरण र धन्यवाद ज्ञानपसहित ४ चरणमा हुने समारोहमा १८ विधा समेटिने छन् ।

फिल्म, निर्देशक, कथा, संगीत, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, गायक, गायिका, छायाकार, सम्पादक, ब्याकग्राउण्ड स्कोर लगायत विधा समेटिनेछन् । वर्षका लोकप्रिय अभिनेता, लोकप्रिय अभिनेत्रीका विधा पनि समावेश गरिने भएको छ ।

फिल्म सम्बन्धी रिपोर्टिङ गर्ने एक पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एकजना विशिष्ट फिल्मकर्मीलाई दीर्घसाधना सम्मान र नगद राशी प्रदान गरिने भएको छ । अवार्डमा समावेश हुने विधा, कलाकार, अवार्डको जुरी र अन्य जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने भएको छ ।

२०८० सालमा प्रदर्शन भएका फिल्मको दर्ता शुरु भएको बताउँदै आयोजक प्रमुख मल्लले अवार्ड समारोहमा अष्ट्रेलियाली फिल्मकर्मी, वितरक पनि उपस्थित हुने बताए । समारोहको भोलीपल्ट अष्ट्रेलियामा नेपाली फिल्मको बजार, दर्शकको अवस्था र प्रवद्र्धनअन्तर्गत विदेशी फिल्मकर्मी र नेपाली फिल्मकर्मीबीच संवाद तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिनेछ ।

Sharing Is Caring:

Leave a Comment