‘अनोरा’ अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित (सूचीसहित)

Dipa Bhatt

२०८१ फागुन १९ गते

सिन बेकरद्वारा लेखन, निर्देशन र सम्पादन गरिएको फिल्म ‘अनोरा’ले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा भन्छ ।

काठमाडौं । रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ ९७ औं अस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा यसवर्षको अस्कर अवार्ड प्रदान गरियो ।

सिन बेकरद्वारा लेखन, निर्देशन र सम्पादन गरिएको फिल्म ‘अनोरा’ले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा भन्छ ।

तिनीहरूको विवाहले चुनौतीको सामना गर्नुपर्छ किनभने भान्याका आमाबाबुले यसको बारेमा थाहा पाएपछि विवाह रद्द गर्ने प्रयास गर्छन् । यो फिल्मले कान्स फिल्म फेस्टिभलमा समेत ‘पाम दे ओर’ जितेको थियो । कथावाचन र प्रस्तुतिकरणको कारण यो फिल्मले प्रशंसा पाएको छ ।

कुन विधामा कसले जिते ?

फिल्म : अनोरा
निर्देशक : सिन बेकर (अनोरा)
अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
अभिनेत्री : मिकी माडिसन (अनोरा)

सहायक अभिनेत्री : जोय साल्दाना (एमिलिया पेरेज)
सहायक अभिनेता : किरन कल्किन (अ रियल पेन)
सम्पादन : सिन बेकर (अनोरा)
छायांकन : लल क्रली (द ब्रुटलिस्ट)

एडप्टेड स्क्रिनप्ले : कन्क्लेभ
मौलिक पटकथा : सिन बेकर (अनोरा)
कस्ट्युम डिजाइन : विक्ड
एनिमेटेड सर्ट : इन द स्याडो अफ द साइप्रस

प्रोडक्सन डिजाइन : विक्ड
ओर्जिनिल सङ : एल मल (एमिलिया पेरेज)
डकुमेन्ट्री सर्ट : द वन्ली गर्ल इन द अर्केस्ट्रा
डकुमेन्ट्री फिचर : नो अदर ल्याण्ड

भिजुअल इफेक्ट : ड्युन पार्ट २
साउण्ड : ड्युन पार्ट २
लाइभ एक्सन सर्ट : आइएम नट अ रोबट
मेकअप एण्ड हेयर स्टाइलिङ : द सब्सटेन्स

अन्तर्राष्ट्रिय फिचर : आइएम स्टिल हेयर (ब्राजिल)
ओर्जिनल स्कोर : डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)

Sharing Is Caring:

Leave a Comment