भारतको ‘अल वी इम्याजिन एज लाइट’ ओबामाको वर्षकै प्रिय फिल्म

Dipa Bhatt

२०८१ पुष ७ गते

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले वर्षेनी आफ्ना प्रिय फिल्म, संगीत र पुस्तकको सूची सार्वजनिक गर्छन् । उनको यो सूचीले विश्वव्यापी चर्चा पनि पाउँछ ।

यसपटक उनको रोजाइले विशेषगरी भारतमा चर्चा बटुलेको छ । फिल्मतर्फ उनको रोजाइको शीर्षस्थानमा रहेको फिल्म ‘अल वी इम्याजिन एज लाइट’ भारतीय निर्देशक पायल कपाडियाको फिल्म हो ।

यो फिल्म गत साता काठमाडौंमा आयोजित मानवअधिकार फिल्म फेस्टिभलमा स्क्रिनिङ हुँदै पुरस्कार समेत जितेको थियो । यस वर्षको गोल्डेन ग्लोब्समा पनि यो फिल्म उत्कृष्ट फिल्मको विधामा छनोट भएको छ ।

यस वर्षको कान्स फिल्म फेस्टिभलमा यो फिल्मले ग्रान्ड प्रिक्स पुरस्कार जितेको छ । यो एक भारतीय मलयालम भाषाको फिल्म हो, जसले मुम्बईमा सँगै बस्ने तीन महिलाको कथा भन्छन् जुन उनीहरू आफ्नै चुनौती, इच्छा र समस्याहरूसँग लडिरहेका छन् ।

कनी कसरुती, दिव्या प्रभा र छाया कदम अभिनित यो फिल्मले मुम्बईकी नर्स प्रभा (कनी कुसरुती)को कथा भन्छ, जसले पतिबाट अप्रत्यासित उपहार पाउँछिन् । त्यसपछि त्यहाँ अनु (दिव्या प्रभु)को प्रवेश हुन्छ, जो आफ्नो प्रेमीसँग केही निजी समय बिताउन सहरमा एक निजी ठाउँ खोज्न संघर्ष गरिरहेकी छिन् । प्रभाको मिल्ने साथी पार्वती (छाया कदम) एक विधवा हुन्, जो आफ्नो बस्ती घर भत्काउन चाहने निर्मातासँग झगडा गर्छिन् ।

ओबामाको फिल्म सूची यस्तो छ :

१) अल वी इम्याजिन एज लाइट

२) कनक्लेभ

३) द पियानो लेसन

४) द प्रमिस्ड ल्याण्ड

५) द सिड अफ द सेक्रेड फिग

६) ड्युन : पार्ट २

७) अनोरा

८) दिदी

९) सुगरकेन

१०) द कम्प्लिट अननोन

संगीतर्फको ओबामाको सूचीको शीर्षस्थानमा केन्ड्रिक लामारको ‘स्क्वाबल अप’ छ । यो सूचीमा बिली एलिसको ‘लन्च’, रेमाको ‘योयो’, असेक र ट्राभस स्कटको ‘एक्टिभ’, बियोन्सेको ‘टेक्सस होल्ड एम’ लगायत छन् । पुस्तकतर्फको सूचीको शीर्षस्थानमा जोनाथन हैडको ‘द एङ्सियस जेनेरेसन’ लगायत छन् ।

Sharing Is Caring:

Leave a Comment