‘महाभोज’ जेठ १५ मा आउने

Dipa Bhatt

२०८१ फागुन २७ गते

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै जेठ १५ गतेदेखि फिल्म विश्वब्यापी प्रदर्शनमा आउने जनाएका हुन् ।

प्रमुख कलाकारलाई चित्रण गर्दै पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा दर्शाइएको छ भने नोटकै रङ र थिमअनुसारको शीर्षक लोगो तय गरिएको छ ।

पोस्टर हेर्दा फिल्मको कथावस्तु पैसाको वरपर केन्द्रित हुनसक्ने हुनसक्ने अनुमान लगाउन सकिन्छ । पोस्टरले कथावस्तु मात्र होइन चरित्र चित्रणबारे पनि प्रकाश पारेको छ । कलाकार आफ्ना चरित्रमा प्रस्तुत छन् ।

फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतको शीर्ष भूमिका छ यीबाहेक वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्रसिंह कुशवाहको पनि अभिनय छ ।

फिल्म सामाजिक यथार्थवादी विषयवस्तुमा बनेको बताइन्छ । क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको सहकार्यमा बनेको फिल्मका लगानीकर्ता हिमाल कडरिया हुन् । पटकथा विकास सुवेदी, छायांकार राजेश श्रेष्ठ, सम्पादन निमेष श्रेष्ठ, ध्वनि डिजाइन उत्तम न्यौपाने लगायत छन् ।

Sharing Is Caring:

Leave a Comment