सृष्टि र महेशको क्राइम थ्रिलर ‘११:५५’ को प्रदर्शन मिति तय

Dipa Bhatt

  २०८१ पुष १६ गते

काठमाडौं । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘११:५५ : डु नट ट्रस्ट एनिवनको प्रदर्शन मिति घोषणा भएको छ । मंगलबार पोस्टर सार्वजनिक गर्दै ८ चैतलाई प्रदर्शन मिति तय गरिएको हो ।

पोस्टरमा प्रमुख कलाकार महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनाल प्रस्तुत फिचर्ड छन् । फिल्ममा बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ ।

निर्देशक केशव पाण्डेको छ । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । फिल्ममा पाण्डेसँगै अग्रज र शेखर ज्ञवालीको पटकथा छ । अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको नृत्य, देव महर्जनको एक्सन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ, प्रद्युम्न मिश्रको छायांकन निर्देशन, रामशरण उप्रेतीको छायांकन, पासाङदावा शेर्पाको सम्पादन र सुवासराज काफ्ले प्रोडक्सन डिजाइनर छन् ।

विचित्र फिल्म्स र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । कार्यकारी निर्माता अग्रज हुन् । कुबेर सिने डिस्ट्रिब्युसन प्रालिले फिल्म वितरण गर्नेछ ।

Sharing Is Caring:

Leave a Comment