२०८१ पुष ९ गते
काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘लाज शरणम’को अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ ।
निर्माता कम्पनी जेपिटी क्रिएसनको तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सेभेन सिज इन्टरनेसनलले कुमार कट्टेल ‘जिग्री ब्रो’ निर्देशित फिल्मलाई दुई चरणमा गरि अन्तर्राष्ट्रिय बजारमा वितरण गर्नेछ । वितरक सुवेदीका अनुसार फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न मुलुकमा यो फिल्म प्रदर्शनमा आउनेछ ।
वितरक सुवेदीले कुन कुन देशमा रिलिज गर्ने भन्ने बारे विस्तृत पछि जानकारी दिने बताए ।
नेपालमा भने यो फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले शिवरात्रीको अवसरमा फागुन १४ गते रिलिज गर्दैछ । चर्चित सिरियल ‘सक्किगो नि’ समूहले बनाएको यो फिल्म अहिलेको प्रतीक्षित फिल्ममध्ये पर्छ ।