गोर्खाल्याण्डको कथा ‘बमबहादुर’ र हलिउडको ‘मुफासा : द लायन किङ’ हलमा

Dipa Bhatt

२०८१ पुष ५ गते

काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । सौगात मल्ल स्टारर ‘बमबहादुर’ र हलिउडको प्रतीक्षित ‘मुफासा : द लायन किङ’ रिलिज भएका हुन् ।

‘बमबहादुर’को रनटाइम १३० मिनेट र सर्टिफिकेट पीजी छ । सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहलाई फिल्ममा उतारिएको छ । यसले भारतका नेपालीभाषी, विशेषगरी दार्जीलिङ पहाड र छिमेकी क्षेत्र डुवर्सको परिवेशको कथा भन्छ ।

जोन राई निर्देशित फिल्ममा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली र शान्तिला तामाङको अभिनय छ ।

शुक्रबारदेखि हलिउडको ‘मुफासा : द लायन किङ’ पनि प्रदर्शनमा आएको छ । वाल्ट डिज्नीको यो फिल्मको नेपाल रनटाइम ११८ मिनेट र सर्टिफिकेट पीजी छ । बेरी जेनकिन्स निर्देशित फिल्मलाई म्युजिकल ड्रामा, एक्सन एड्भेन्चर जनरामा राखिएको छ ।

आफ्नो भूमिको राजा बनेको सिम्बाले आफ्नो दिवंगत पिता मुफासाको उत्पत्तिको खोजीपछि आफ्ना बच्चालाई पद्चापमा हिंडाउन कटिबद्ध हुन्छ । यो फिल्म यही कथा वरपर घुमेको छ ।

यतिबेला नेपालमा भारतको ‘पुष्पा २’, हलिउडको ‘मोआना २’, नेपालका ‘पूर्णबहादुरको सारङ्गी’ र ‘तेलभिसा’ प्रदर्शन भइरहेका छन् ।

Sharing Is Caring:

Leave a Comment