सिड्नीको बरूउड पार्कमा बाबा होली मेला हुने

Dipa Bhatt

२०८१ फागुन २५ गते

सिड्नी (अस्ट्रेलिया) । शैक्षिक परामर्शदाताको रूपमा बाबा एजुकेसन कन्सलटेन्सीले लामो समयदेखि नेपाल र अस्ट्रेलियाबाट कार्य गर्दै आइरहेको छ । फिल्म प्रदर्शनदेखि सांस्कृतिक गतिविधिमा पनि सक्रिय संस्थाले शीर्ष प्रायोजनामा होली मेला कार्यक्रम गर्ने भएको छ ।

होली मेला मार्च १३ र १४ अर्थात बिहिबार र शुक्रबार सिड्नीको चर्चित बरुउड पार्कमा हुने भएको छ । ‘बाबा होली मेला’ नाम दिइएको यो कार्यक्रमको उद्देश्य अस्ट्रेलियामा बसोबास गर्ने नेपालीबीच एकता र भातृत्व सिर्जना गर्नु रहेको कन्सलटेन्सीका प्रमखु रवीन्द्र शर्माले जनाए ।

उनले भने, ‘सिड्नीमा रहनुहुने नेपालीलाई होलीको अवसरमा एउटै थलोमा जमघट गराउने हाम्रो उद्देश्य हो । प्रवासमा नेपाली संस्कृति र चाडबाड मनाउँदा निर्धक्क भएर मनाउन पाइयोस् भनेर नै आयोजकले प्रवेश निःशुल्क गरेको हो’ उनले भने । मेलामा चर्चित नेपाली कलाकारहरू शिव परियार, मानस राज, आमेश भण्डारी, नटकेस लगायतले प्रस्तुति दिने भएका छन् ।

Sharing Is Caring:

Leave a Comment