२०८१ चैत १० गते
१० चैत, काठमाडौं । बसिर अहमदको अर्धशतक र शाहब आलमको चार विकेटमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सातौं जित निकालेको छ ।
आइतबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १३१ रनले हराएको हो । आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रनमा अलआउट भयो ।
कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । मनिष थापा र बिप्रासन केसीले समान १३ रन बनाए । नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाए ।
आर्मीका बसिरले ९.१ ओभरमा २५ रन दिएर ४ विकेट लिए । नरेन साउदले २ तथा सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले १-१ विकेट लिए ।