पीएम कपमा सुदूरपश्चिमको तेस्रो जित

Dipa Bhatt

२०८१ चैत १० गते 

१० चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ । आइतबार देउखुरीमा भएको खेलमा सुदूरले कोशी प्रदेशलाई ३१ रनले हराएको हो ।

सुदूरले दिएको २४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा २११ रनमा अलआउट भयो । शाकिब हकले सर्वाधिक ६२ रन बनाए । अंकित सुवेदी र समिर कार्कीले समान ३८ तथा आइश भट्टराईले ३६ रन बनाए ।

सुदूरका सोर्य श्रेष्ठले ३ विकेट लिँदा भोजराज भट्टले २, शेर मल्ल, नारायण जोशी र राहुल भण्डारीले १-१ विकेट लिए ।

त्यसअघि किरण ठगुन्नाले प्रतियोगिताको दोस्रो शतक बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.४ ओभरमा अलआउट हुँदै २४२ रन बनाएको थियो । किरणले ९१ बलमा १२ चौका र ४ छक्कासहित ११५ रन बनाए ।

त्यसपछिको सर्वाधिक स्कोर टेक रावतको १६ रह्यो । अर्जुन बिकले १५ तथा निश्चल क्षेत्रीले १० रन बनाए ।

कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए । फिर्दोश अन्सारी र अंकित सुवेदीले २-२ विकेट लिँदा दिपेश कँडेल र प्रकाश कार्कीले १-१ विकेट लिए ।

प्रतियोगितामा सुदूरले ७ खेलमा २ जित निकाल्दा कोशीले १ जित मात्र निकालेको छ ।

Sharing Is Caring:

Leave a Comment