जिलेस्पीको गोलमा नेपालको अग्रता

Dipa Bhatt

२०८१ चैत ८ गते 

८ चैत, काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सुरुवाती अग्रता लिएको छैन । सिंगापुर नेसनल स्टेडियममा भइरहेको खेलमा जिलेस्पी जंग कार्कीले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन् । त्रिभुवन आर्मी एफसीबाट  घरेलु फुटबल खेल्ने उनले यसअघि गत नोभेम्बरमा भएको अफगानिस्तान विरुद्धको पछिल्लो मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए । जिलेस्पी र रोहित चन्दको गोलमा नेपालले अफगानिस्तानलाई २-० ले हराएको थियो ।

Sharing Is Caring:

Leave a Comment