विराट कोहलीसँगै विश्वकप खेलेका खेलाडी आईपीएलमा अम्पायर

Dipa Bhatt

२०८१ चैत ६ गते

६ चैत, काठमाडौं । सन् २००८ मा विराट कोहलीको नेतृत्वमा रहेको भारतको यू-१९ टोलीबाट उनीसँगै विश्वकप खेलेका खेलाडी तनमय तनमय श्रीवास्तव आईपीएलमा अम्पायरको भूमिकाका देखिने भएका छन् ।

आईपीएल पनि खेलिसकेका श्रीवास्तव १५ वर्षपछि प्रतियोगितामा फरक पात्रका रूपमा फर्किएका हुन्। यसपटक उनी खेलाडी नभएर अम्पायरको भूमिकामा देखिने भएका हुन् ।  उनी आईपीएलमा खेलाडी र अम्पायर दुवैको भूमिका निभाउने पहिलो व्यक्ति हुनेछन् ।

उत्तर प्रदेशको टिमबाट खेल्ने गरेका श्रीवास्तव भारतका लागि सन् २००८ को यू-१९ विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडी थिए ।

उनले आईपीएल टिम किंग्स इलाभेन पञ्जाब (हाल रहेको पञ्जाब किङ्स)बाट पहिलो दुई सिजन खेलेका थिए । उनले ९० फर्स्ट क्लबस खेलमा ४९१८ रन बनाएका छन्, जसमा अधिकांश उनले उत्तर प्रदेशका लागि खेलेका छन्।

श्रीवास्तवले सन् २०२० मा क्रिकेटबाट सन्यास लिएका थिए ।

Sharing Is Caring:

Leave a Comment