२०८१ चैत ४ गते
काठमाडौँ — नेपाल व्यायाम मन्दिरले १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । धर्मश्री चैत ७ देखि ९ सम्म हुने राजधानीमा हुनेछ ।
कुल ५२ लाख ६० हजार पुरस्कार राशि रहेको धर्मश्री, प्रथम पीएल सिंह मेन्स स्पोर्ट्स फिजिक्स, प्रथम वुमन्स बडी बिल्डिङ ओपन र मास्टर खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको मन्दिरले सोमबार पत्रकार सम्मलनमा बतायो ।
प्रतियोगितामा विभिन्न ६ तौल समूह विभाजन गरिएको छ । प्रतियोगितामा ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ । करिब ६ सय खेलाडीको सहभागिता रहनेछ ।
प्रत्येक तौल समूहबाट अन्तिम चरणलाई ६ खेलाडी छनोट हुनेछ । प्रत्येक तौल समूहको विजेताबीच ओभरअलमा मिस्टर धर्मश्रीलाई प्रतिस्पर्धा हुनेछ । विजेताले ११ केजी तौलको ट्रफीसहित १२ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
दोस्रोले ६ लाख, तेस्रोले ३ लाख, चौथोले २ लाख, पाँचौंले १ लाख ८० हजार र छैटौं हुनेले १ लाख ५० हजार प्राप्त गर्नेछन् । तौल समुहमा दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्नेछन् ।
मेन्स एथलेटिक फिजिक तथा वुमन्स बडीबिल्डिङ विजेताले समान २ लाख र उपविजेताले समान १ लाख पाउनेछन् । तेस्रोले ७० हजार चौथोले ५० हजार, पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।
५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन् ।
यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्वमेयर स्व. पीएल सिंहको नाममा गरिन भएको छ । धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका छ । चैतको ७ गते वेइङ, चैत ८ गते प्रि–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक मन्दिरका अध्यक्ष नारायण प्रधानले बताए ।