सिंगापुर र मलेसियाविरूद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा

Dipa Bhatt

२०८१ चैत ४ गते

४ चैत, काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका नेपाली राष्ट्रिय पुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

म्याट रोस प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । उनले घोषणा गरेको पहिलो टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् ।

जसमा गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी छन् । सुबास पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षणमा परेका हुन् र पहिलो पटकमै उनी अन्तिम टोलीमा पर्न सफल भए ।

गत कात्तिकमा ताजकिस्तान र अफगानिस्तान विरुद्धको खेलमा चोटका कारण टिममा नरहेका अनन्त तामाङ र लकेन लिम्बुले टिममा पुनरागमन गरेका छन् । यस्तै कृतिश रत्न छुन्जु र रेजिन सुब्बाले पनि टिममा पुनरागमन गरेका छन् ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका २७ खेलाडीबाट प्रशिक्षक रोसले अन्तिम टिम घोषणा गरेका हुन् । गोलकिपर विशाल सुनारसहित फरवार्डद्वय निराजन धामी र सृजन राज गौतम भने अन्तिम टोलीमा अटाएनन् ।

अन्तिम टोली

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अन्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डरः रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छिन्जु, आयुष घलान

फरवार्डः जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा

Sharing Is Caring:

Leave a Comment