२०८१ चैत ३ गते
३ चैत, काठमाडौं । एपीएफ क्लबले २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको फाइनलमा विभागीय टोली नेपाली सेनालाई हराएर एपीएफ च्याम्पियन बनेको हो ।
फाइनलमा एपीएफले सेनालाई २८-२२ को अन्तरले हराएको हो ।
उपाधि विजेता एपीएफले २ लाख र उपविजेता नेपाली सेनाले १ लाख हात पारेको छ ।


