२०८१ चैत २ गते
काठमाडौँ — बूढानीलकण्ठ डोजोले शनिबार प्रथम बूढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको ट्रफी जितेको छ । बूढानीलकण्ठले १२ स्वर्ण, ५ रजत र १० कांस्य पदक जितेको थियो ।
बूढानीलकण्ठ नगरपालिकाको आयोजना र नेपाल सितोरियो कराते शाखा डोजो गल्फुटारको समन्वयमा भएको प्रतियोगितामा गोल्फुटार ५ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको श्रीयन्त्रले ३ स्वर्ण, ४ रजत र ३ कांस्य हात पार्यो । १ स्वर्ण, ३ रजत र ३ कांस्यसहित स्टार स्कुल चौथो स्थानमा रह्यो ।
पुरुषमा बूढानीलकण्ठका लक्ष्मण बराल र महिलामा गोल्फुटारकी सुष्मा राई उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा श्रीयन्त्रका गोइदुप तामाङ र महिलामा क्यामेलियाकी विशिका मगर उदीयमान खेलाडी चुनिए ।
विजेतालाई बूढानीलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारी, नगरपालिका खेलकुद बोर्डका संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङलगायतले पुरस्कृत गरे । एकेएफ निर्णायकत्रय सिर्जना अधिकारी, हीरादेवी राई, शान्ति तामाङलगायत बूढानीलकण्ठका सिनियर खेलाडीलाई सम्मान गरिएको थियो ।