शुभ र आशुतोषको अर्धशतकमा बागमतीले सुदूरलाई दियो चुनौतीपूर्ण लक्ष्य

Dipa Bhatt

२०८१ चैत १ गते

१ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल भइरहेका छन् ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले राम्रो योगफल खडा गरेको छ ।

बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनाएको हो । बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ७७ रन बनाए । आशुतोष घिरैयाले ५८ रन बनाए । इशान पाण्डेले ३६ रन बनाए ।

सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले २-२ विकेट लिए । राहुल भण्डारी र नारायण जोशीले १-१ विकेट लिए ।

Sharing Is Caring:

Leave a Comment