बी डिभिजन लिगमा मध्यपुर र टुसालले अंक बाँडे

Dipa Bhatt

२०८१ फागुन २७ गते 

२७ फागुन, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले बराबरी खेलेका छन् ।

मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर र टुसालले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मध्यपुरका लागि सन्तोष गोङ्गवाले ४१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि जोगाउन सकेन ।

टुसालका विनोद नेम्वाङले ६४औं मिनेटमा बराबरी गोल फर्काए ।

Sharing Is Caring:

Leave a Comment