बी डिभिजन लिग : प्लानिङ ब्वाइजको विजयी सुरुवात

Dipa Bhatt

२०८१ फागुन २६ गते

२६ फागुन, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ ले पराजित गरेको हो । जितपछि प्लानिङ ब्वाइजले ३ अंक जोडेको छ ।

प्लानिङ ब्वाइजका लागि फागुराम थारु र सुजन डंगोले एक-एक गोल गरे । झापाका लागि पुजन राईले एक गोल फर्काए ।

यस सिजन बी डिभिजन लिगमा गोल गर्ने पहिलो खेलाडी बनेका फागुरामले १४औं मिनेटमा प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए । झापाका लागि ३९औं मिनेटमा पुजन राईले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा सुजन डंगोलले गोल गर्दै प्लानिङ ब्वाइजलाई जित दिलाए । सुजनले ६३औं मिनेटमा गोल गरेका थिए ।

प्लानिङ ब्वाइज युनाइटेड र झापा फुटबल क्लब एकैसाथ सी डिभिजन लिगबाट बी मा बढुवा भएका थिए ।

लिगमा आजै ब्रिगेड ब्वाइज क्लब र श्री कुमारी क्लबबीच खेल हुनेछ ।

Sharing Is Caring:

Leave a Comment