बी डिभिजन लिग : आशिषको दुई गोलमा ब्रिगेड ब्वाइजको जित

Dipa Bhatt

२०८१ फागुन २६ गते

२६ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगअन्तर्गत सोमबार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेड ब्वाइजले श्री कुमारी क्लबलाई २-१ गोलअन्तरले हराएको हो ।

ब्रिगेड ब्वाइजको जितमा आशिष गुरुङले दुई गोल गरे । आशिषले १५औं र ४९औं मिनेटमा गोल गरेका थिए । कुमारीका प्रणय गुरुङले ६१औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

जितपछि ब्रिगेड ब्वाइजले ३ अंक जोडेको छ । यसअघि आज भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले झापालाई हराएको थियो ।

Sharing Is Caring:

Leave a Comment