वुमन्स डे कपमा हङकङले नेपाललाई दियो १०१ रनको लक्ष्य

Dipa Bhatt

२०८१ फागुन २६ गते 

२६ फागुन, काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले हङकङसँग खेलिरहेको छ ।

जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपालसामू १०१ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङले २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको हो ।

हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलले २१ रन बनाइन् ।

नेपालका लागि ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले २-२ विकेट लिँदा रचना चौधरी र पुजा महतोले १-१ विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले आइतबार युगाण्डालाई हराएको थियो ।

Sharing Is Caring:

Leave a Comment