स्नूकरमा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता रेगनलाई सम्मान

Dipa Bhatt

२०८१ फागुन २६ गते 

२६ फागुन, बुटवल । स्नूकरको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक नेपाललाई पदक दिलाउने बुटवलका खेलाडी रेगन श्रेष्ठलाई नेपाल बिलियर्डस् स्नुकर तथा पुल संघ रूपन्देहीले नगदसहित सम्मान गरेको छ ।

श्रीलंकामा हालै सम्पन्न सागस्तरीय प्रतियोगितामा श्रेष्ठ सेमिफाइनलमा पुग्दै नेपाललाई पहिलो पदक दिलाउन सफल भएका थिए । बुटवलमा एक कार्यक्रमका बीच  श्रेष्ठलाई नगद २५ हजार रुपैयाँ र कदरपत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले नेपाल बिलियर्डस् स्नुकर तथा पुल संघ रूपन्देहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा आर्थिक सहयोग गरेर प्रोत्साहन गरेकाले आत्मबल बलियो भएको उल्लेख गरे ।

संघका अध्यक्ष सुजन पुनले रुपन्देही स्नूकर खेलको उर्वरभूमि भएको र यहाँ तीन सयभन्दा बढी खेलाडी रहेको उल्लेख गर्दै यो खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न र कभर्डहल निर्माण गरिदिन सरकारसँग माग गरे ।

स्नूकर खेललाई नेपालमा प्रहरी प्रशासनले गलत दृष्टिले हेर्ने गरेको तर अन्तराष्ट्रिय जगतमा यो प्रतिष्ठित खेलमा गणना हुने उनले बताए ।

Sharing Is Caring:

Leave a Comment