बी डिभिजन लिग फुटबल आजदेखि, च्यासल र वीरगंज युनाइटेड भिड्दै

Dipa Bhatt

२०८१ फागुन २५ गते

२५ फागुन, काठमाडौं । तीन वर्षपछि सहिद स्मारक बी डिभिजन लिग फुटबल आज सुरु हुँदैछ ।

उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगंज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दसरथ रंगशालामा दिउँसो ३:३० बजे सुरु हुनेछ ।

तीन वर्षअघि ए डिभिजन लिगबाट रेलिगेसनमा परेपछि च्यासल पहिलो पटक बी डिभिजन खेल्न लागेको हो ।

लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

Sharing Is Caring:

Leave a Comment