अजयको ५ विकेटमा लुम्बिनीले कोशीलाई हरायो

Dipa Bhatt

२०८१ फागुन २५ गते

२५ फागुन, काठमाडौं । आइतबारदेखि सुरु भएको पीएम कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सिदार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले जित निकालेको छ ।

लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले हराएको हो । लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १८२ रनमा अलआउट भएको हो ।

सुजन थपलियाले सर्वाधिक ३५ तथा चिराग साहले ३१ रन बनाए । कुनै समय १५३-४ को अवस्थामा भएपनि त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदा कोशी पराजित भयो ।

लुम्बिनीका लागि अजय चौहानले ८.४ ओभरमा ३२ रन दिएर ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा देव खनाल र कृष्ण कार्कीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भएको थियो । आकाश त्रिपाठीले ६६ तथा नर सार्कीले ४५ रन बनाए ।

कोशीका दिपेश कँडेल र प्रकाश कार्कीले ३-३ तथा फिर्दोश अन्सारीले २, बिपिन महतो र अंकित सुवेदीले १-१ विकेट लिए ।

Sharing Is Caring:

Leave a Comment