च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

Dipa Bhatt

२०८१ फागुन २५ गते

२५ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भइरहेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भारत र न्युजिल्याण्ड उपाधिका लागि खेलिरहेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनायो ।

डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए ।

भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २-२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

Sharing Is Caring:

Leave a Comment