२०८१ फागुन २४ गते
काठमाडौँ — बागमती प्रदेश शनिबार दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट करााते च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।
बागमती च्याम्पियनसिपमा ६ स्वर्ण पदक जित्दै च्याम्पियन भएको हो । ५ स्वर्ण जितेको कर्णाली प्रदेश दोस्रो भयो । तेस्रो भएको कर्णाली प्रदेशले ३ स्वर्ण जितेको थियो ।
पाको नेपाल क्योकुसिन कराते डो–संघको आयोजनामा भएको प्रतियोगितामा महिला र पुरुषतर्फ १४ तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
च्याम्पियन टिमलाई २५ हजार, उपविजेतालाई १५ हजार, तेस्रो टिमलाई १० हजार र चौथोलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । च्याम्पियनसिपका विजयी खेलाडीलाई ट्रफी प्रदान गरियो ।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य सुवर्ण श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्की, अन्नपूर्ण विनायक स्कुलका प्रिन्सिपल विदुर पराजुलीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा काठमाडौंसहित वागमती, कोशी, मधेश र कर्णाली प्रदेशका २ सय ६० जुनियर खेलाडीले भाग लिएको आयोजक संघकी ब्रान्च चिफ सन्जु महर्जनले बताइन् ।