२०८१ फागुन २४ गते
२४ फागुन, काठमाडौं । सन् २०२४ को नोभेम्बर-डिसेम्बरमा आयोजना भएको ऐतिहासिक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण २०२५ को नोभेम्बरमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेण्डरअनुसार नोभेम्बरमा नेपाल प्रिमियर लिग हुने भनेर उल्लेख गरिएको छ ।
हाललाई नोभेम्बर महिना मात्र तोकिएको छ, आईसीसीसँगको कुराकानीपछि मिति तय हुने जनाइएको छ । एनपीएलअघि अगस्टमा मिनी अक्सन पनि हुनेछ ।
मिनी अक्सनअघिको रिटेन्शनलगायत अन्य नियमबारे सोहीबेला जानकारी गराइने क्यानका सचिव पारस खड्काले जनाए ।
एनपीएलको पहिलो संस्करणमा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो भने उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।