२०८१ फागुन २४ गते
२४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा नोटिङहाम फरेस्टले म्यान्चेस्टर सिटीमाथि जित निकालेको छ ।
शनिबार साँझ भएको खेलमा नोटिङहामले सिटीलाई १-० गोलअन्तरले हराएको हो । नोटिङहामको जितमा क्यालम हड्सन ओडोईले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
घरेलु टोलीलाई जित दिलाउन हड्सन ओडोईले ८३औं मिनेटमा मोर्गान गिब्स ह्वाइटको पासमा गोल गरेका थिए ।
जितपछि २८ खेलमा ५१ अंकसहित नोटिङहाम तेस्रो स्थानमा छ भने ४७ अंक रहेको सिटी चौथो स्थानमा छ ।