मुर्गिया फुटबल क्लब सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश

Dipa Bhatt

२०८१ फागुन २३ गते

२३ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लबबीच भएको खेलमा १-० गोल अन्तरले जित निकाल्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।  प्रतिस्पर्धात्मक खेलमा मुर्गियाका एरोन थापाले ८६औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो ।

घरेलु मैदानमा उत्रिएको मुर्गियाले डिजोङ्गीलाई दोस्रो हाफको अतिरिक्त सयममा गोलविहीन बनाउन सफल रह्यो । खेलको पहिलो हाफमा भने दुवै टिमले बारम्बार गोल गर्न प्रयास गरेपनि गोल गर्न भने सकेनन् ।

फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिबार कपिलवस्तु ११ कपिवलस्तु र फर्साटिकर फुटबल क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

Sharing Is Caring:

Leave a Comment