एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपाललाई कास्य

Dipa Bhatt

२०८१ फागुन २३ गते

२३ फागुन, काठमाडौं । नेपाली महिला कबड्डी टिमले इरानमा भइरहेको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक प्राप्त गरेको छ ।

च्याम्पियनसिपको सेमिफाइनलमा मनमती विष्टको कप्तानीमा रहेको नेपाली टिम भारतसँग ५६-१८ ले पराजित भएको हो ।

सेमिफाइनलमा पराजित भएपनि नेपालले कांस्य पदक प्राप्त गरेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए ।

सन् २००५ मा भारतबाटै सुरु भएको च्याम्पियनसिपको दुई दशकमा नेपालले पहिलोपटक मेडल जितेको हो । यसअघि नेपाली महिला टोलिले सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियाडमा कांस्य पदक नै जितेको थियो ।

अर्को सेमिफाइनलमा इरानसँग पराजित भएको बंगलादेशले पनि नेपालसँगै कांस्य पदक जितेको छ । सेमिफाइनलमा जित हात पार्दै भारत र इरानले भने उपाधि भेट पक्का गरेका छन् ।

समूह ए मा रहेको नेपाल एक जित र एक हारको नतिजा निकाल्दै समूह उपविजेता बनेर सेमिफाइनल पुगेको थियो । नेपालले समुह चरणमा इराकलाई ६८-६ ले पराजित गरेको थियो भने इरानसँग ४७-१४ ले पराजित भएको थियो ।

Sharing Is Caring:

Leave a Comment